धरान : २२ औं मिस्टर धरानका बिजेता क्रन्च फिटनेसका खेलाडी अर्पण लिम्बु बनेका छन्।

हाम्रो व्यायामशाला धरानले शनिबार धरान–१५ सदन हलमा आयोजना गरेको उक्त २२औं मिस्टर धरान शारीरिक सुगठन प्रतियोगितामा उपाधी सहित नगद नगद १ लाख ५० हजार प्राप्त गरेका छन्। ७५ केजी तौल समुहबाट भिडेका उनले ५५, ६०, ६५ र ७० केजी तौल समुहबाट विजेता बनेका चार जना ओभर अल राउण्डका प्रतिष्पर्धीहरुलाई उछिन्दै विजेता बनेका हुन्। 

Polish_20241006_224610751

यसैगरी प्रतियोगिताको दोस्रो हाम्रो व्यायामशालाका सन्देश पौडेलले ट्रफी र नगद ७५ हजार प्राप्त गरेका छन् भने तेस्रो धरान फिटनेशका आयुष लिम्बुले ट्रफी र नगद ३५ हजार प्राप्त गरे। यस्तै प्रतियोगिताको चौथो हाम्रो व्यायामशालाका अनुप लिम्बु हुदै नगद २५ हजार र पाँचौ हाम्रो व्यायामशालाकै धनबहादुर श्रेष्ठ हुदै ट्रफी र नगद नगद १५ हजार प्राप्त गरे। 

उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथी, धरान उपमहानगर पालिकाका उपमेयर आइन्द्रबिक्रम बेघा, विशेष अतिथी, नेपाल प्रहरीका एसएसपी भीम दाहाल, कार्यक्रमको सभापति हाम्रो व्यायामशाला धरानको संचालक समिनकला राई र सुनसरी बडिबिल्डीङ एशोसिएशनका अध्यक्ष अमन श्रेष्ठले पुरस्कार बितरण गरे।

Polish_20241006_224517199

प्रतियोगितामा अन्य उपाधी तर्फ बेष्ट पोजरको उपाधी धरान फिटनेश क्लबका समिर भुजेलले हासिल गर्दै नगद १० हजार प्राप्त गरे। भने मोष्ट मस्कुलरको उपाधी झुनास फिटनेसका एस देवान राईले हासिल गर्दै नगद १० हजार प्राप्त गरे।