धरान, निराजन युवा क्लब धरान १५ को आयोजनामा प्रथम निराजन साँगितिक साँझ २०८१ भएको छ।
धरान १५ निराजन टोलमा रहेका प्रतिभाहरुलाई प्रद्धर्शन र प्रवद्धर्न गर्न उक्त साँगितिक साँझ आयोजना गरिएको हो।
शनिबार आयोजित साझमा स्थानीय कलाकारहरुले नृत्य, गायन, खेलाडीहरुले कराते काता प्रदर्शन गरे ।
भने चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बुले आफनो चर्चित गीतहरु प्रस्तुत गरे भने गरिमा डान्स सेन्टर धरानले देश भक्ति, फिल्मी, मोर्डनलगायतको नृत्य प्रस्तुत गरे । यसैगरी गायिका एवं कोरियोग्राफर अन्जु राई, गायक एवं खेलाडी सन्तोष लिम्बू , द ट्राई व्यान्ड, रक स्टोन व्यान्डले गीत प्रस्तुत गरे।
क्लबको अध्यक्ष सन्जु राई (सुमित्रा)को सभापतित्व तथा धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निराजन टोलका कलाकार तथा खेलाडीहरुलाई सम्मान गरिएको छ।
सम्मानित हुनेहरुमा धरान डान्सिङ आईडल सीजन ४ को विजेता कलाकार आरजु राई तथा नवौं अन्तराष्ट्रिय कराँते प्रतियोगितका स्वर्ण पदक बिजेताहरु नम राई, सुप्रिया राई, प्रभास मगर, तेस्रो कोशी प्रदेश स्तरीय कराँते च्याम्पियनशीप स्वर्ण पदक विजेताहरु निकाशन राई, रुवेन लामगादे, रोनिश कार्की, अंशियन मगर, रुसु मगर र कराँते कोच दिपा लिम्बु रहेको छ।
उनीहरुलाई क्लबको अध्यक्ष सन्जु राई र वडा अध्यक्ष नरेश ईवारमले खदा र सम्मान पत्रद्वारा सम्मान गरे।
सचेत र सृजनशील युवा राष्ट्रको आवश्यकता नाराको साथ कार्यक्रम धरान १५ निराजन टोल स्थीत निराजन मार्गमा भएको हो।