बिराटनगर, वरिष्ठ क्यान्सर विशेषज्ञ डा. अस्मिता रायमाझीले आफुले उपचार गरेका क्यान्सर सरभाइभर तथा उपचाररत नारीहरुसँग तीजको खुशी बाँढ्दै गर्दै तीज विशेष कार्यक्रम आयोजना गरिन्।

बिराटनगर स्थीत पर्पल हेज होटलको सभाहलमा बिहिवार आयोजित उक्त कार्यक्रममा करिब ४५ जना क्यान्सर उपचार गररिहेका नारीको सहभागतिा थियो।

गत वर्ष देखि डा. राईमाझीले हेटेरो ग्रुप काठमाडौंसँग सहकार्य गर्दै क्यान्सर बिरामीलाई आपसी चिनजान, अनुभव साझा गर्ने, पीडामा मलम लगाउने र जीवन प्रति सकारात्मक दृष्टिकोण बढाउने अभियान  सञ्चालन गर्दै आएकी छन्।

"क्यान्सर भए पनि जीवनमा हार मान्नु पर्दैन, अझै पनि आशा र सम्भावना कायम रहन्छ” भन्ने सन्देश दिदै उनले बरिामीलाई उत्साहित गर्दै आएकी छन्

डा. राईमाझीले ओपीडीमा बरिामीलाई उपचार गर्ने क्रममा आफैं पनि उनीहरुको पीडा महसुस गर्ने गरेको बताउँदै, बिरामीहरुको माया र विश्वास कै कारण काठमाडौं बसाइँ छाडेर अहिले बिराट टिचिङ अस्पतालमा कार्यरत रहेको जानकारी दिईन्।

कार्यक्रममा हेटेरो ग्रुप काठमाडौं ले सहभागी सबैलाई श्रृंगार सामग्री उपहार स्वरूप प्रदान गर्‍यो। साथै, रोटरी क्लब अफ बिराटनगरकी अध्यक्ष सोनिया गुप्ता, हर्षिता, प्रियंका र श्वेता गुप्ताले ३५ थान सल र श्रृंगार सामग्री बितरण गरे भने काठमाडौंबाट आएका शालिनी मुराकले ३५ थान चप्पल बितरण गरे।

क्यान्सर बिरामीहरुसँग हरेक वर्ष तीजको खुशी बाँड्दै उनीहरुलाई हौसला प्रदान गर्ने परम्परा कायम राख्ने बताउँदै डा. रायमाझीले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। 

कार्यक्रममा कोशी अस्पतालका क्यान्सर विशेषज्ञ डा. रगिन कखेत, हेटेरो ग्रुपकी अध्यक्ष तथा क्यान्सर परामर्श सदस्य कमल पौडेललगायतको उपस्थिति रहेको थियो।

तस्बिर : स्नेहा श्रेष्ठ