धरान: किरात राई पत्रकार सघ (किराप)को १७ औ  स्थापना दिवशको अवसरमा सुनसरीमा दुई पत्रकारलाई सम्मानित गरिएको छ।

धरान-१७ स्थित नवनिर्मित साकेला पुस्तकालय तथा अध्ययन केन्द्रमा बिहीबार किराप सुनसरीद्वारा आयोजित ‘शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण कार्यक्रममा दुई फरक विधाबाट उनीहरुलाई सम्मान गरिएको हो।

चन्द्रकला राई स्मृति पत्रकारिता सम्मानबाट बराहक्षेत्रका अग्रज पत्रकार हिमाल राईलाई सम्मानित गरिएको थियो। राईलाई नगद ७ हजार ५ रुपैयाँसहित सम्मान पत्र, फेटाले सम्मानित गरिएको थियो। यो पुरस्कार राशी किरात राई यायोक्खा धरान-१३ का अध्यक्ष सिर्पाल चाम्लिङले आफ्नी दिबगत श्रीमतीको स्मृतिमा गत वर्षदेखी प्रदान गर्दै आएका छन्।

हिमाल राई काठमार्डौमा रहेकोले सम्मान पत्रकार गोपाल दाहालले ग्रहण गरिदिएका थिए। करिब दुई दशकयता निरन्तर पत्रकारिता सक्रिय राई हाल काठमार्डौबाट सञ्चालित नेपाली हेडलाइन अनलाइनमा आबद्ध रहेका छन्।

यस्तै, विध्या कुमारी राई स्मृति सृजनशिल पत्रकारिता पुरस्कारबाट धरानकी पत्रकार देविका चाम्लिङलाई पुरस्कृत गरिएको थियो। उनलाई नगद ५ हजार ५ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो। यो पुरस्कार राशी किराया धरान-१३ का सल्लाहकार कुमार राईले प्रदान गरेका थिए।

उनीहरुलाई संघका अध्यक्ष बसन्त बान्तवा, कार्यक्रमका प्रमुख अतिथी सघका केन्द्रीय उपाध्यक्ष विशाल राई, किराया सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतले प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी राईले पहिचानको मुद्धा कमजोर हुन नदिन किराप लागिरहेको स्मरण गराए।

FB_IMG_1728026095289

कार्यक्रममा किराय सुनसरीका अध्यक्ष राजेन्द्र राई, महासघ सुनसरीका अध्यक्ष जनकऋषि राई, किराप सुनसरीका पूर्वअध्यक्ष श्रीशिशा राई, फोनिज यूकेका सचिब तथा कवि अमित थेबे, आदिबासी जनताजाती महासघ धरान नगर अध्यक्ष सुबास हुक्पाचोङवाङलगायतले शुभकामना प्रदान गरेका थिए भने कार्यक्रम संचालन किराप सुनसरी उपाध्यक्ष सन्जु राई (सुमित्रा)ले गरिन्।

कार्यक्रममा केक समेत काटिएको थियो। कार्यक्रममा केही दिन अघिमात्र दिबगत भएका पत्रकार सन्जिव राईप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो।

FB_IMG_1728026019006