धरान : धरान १४ र १५ को बीचमा नव निर्मित झन्डा पार्कको मंगलबार उदघाटन भएको छ।

उक्त पार्कको उदघाटन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उपप्रमुख आईन्द्रबिक्रम वेघाले संयुक्त रुपमा गरेका छन्।

jpनगर प्रमुख र उप–प्रमुखले पार्कको मुख्य गेट छेउको शिलालेख अनावर गरि गेटमा रिवन काटि, पार्कको बिच भागमा अवस्थीत राष्ट्रिय झन्डा फराएर उदघाटन गरेका हुन्।

राष्ट्रिय झन्डा र बगैचा सहितको पार्कबाट धरान तथा ईटहरी, दुहबी, सप्तकोशी नदि र भेडेटारका केहि स्थानको दृश्यवलोकन गर्न सकिन्छ। धरान १५ निराजन टोलबाट उत्तर र धरान १४  पिण्डेश्वर बाबा धाम देखि पूर्वमा अवस्थीत पार्क गत २०८० असार २० गते सम्झौता भई २०८१ भदौ २० गते निर्माण सम्पन्न भएको भएको हो।

पार्क निर्माणका लागि जग्गा पिण्डेश्वर विद्या पिठले प्रदान गरिएको हो। ओरेकल ईन्जिनियरिङ सोलुसन प्रा.लि.काठमाडौले ९४ लाख ३१ हजार १ सय ६३ रुपैयाको लागतमा पार्क निर्माण गरेको धरान उपमहानगर पालिकाको योजना महाशाखा प्रमुख ईन्जिनियर सुरज श्रेष्ठले बताएका छन्।

ईन्जिनियर श्रेष्ठका अनुसार सहरी क्षेत्रमा बन्ने गरेका पार्कहरु पर्यटन भित्र्याउने र राजस्व संकलन मात्रै नभई सहरी क्षेत्रमा नभई नहुने अत्यावश्यक कुरा रहेको बताए।

पार्क पिण्डेश्वर बाबाधाम देखि नजिकै भएकाले बाबाधाममा पुजा गर्न आउने भक्तजनका देखि लिएर धरान घुम्न आउने सबैखाले पर्यटकको लागि उपयुक्त पार्क बनेको धरान उपमहानगर पालिका वडा नंबर १५ का वडा अध्यक्ष नरेश ईवारमले बताएका छन्। 

अध्यक्ष ईवारमले नवनिर्मित उक्त पार्कको संरक्षणका लागि नगर प्रमुख हर्क साम्पाङलाई सुरक्षा गार्डको र पर्यटकलाई घाम–पानीबाट ओत लाग्न ट्रष्ट लगाई दिन समेत अनुरोध गरेका छन्। 

यसैगरि कार्यक्रममा पिण्डेश्वर विद्या पिठका प्राचार्य काशीनाथ पौडेलले धरान १४ र १५ नंबर वडाको बीचमा पार्क भएकाले ती दुई वडाले उक्त पार्कको संरक्षणमा ध्यान दिन आग्रह गरे।

यसै गरि उप–प्रमुख आईन्द्र बिक्रम वेघाले उक्त पार्कलाई अझ उच्च स्तरमा लान सबैले आ–आफनो तर्फबाट भुमिका निर्वाह गर्न समेत आग्रह गरे। 

कार्यक्रममा नगर प्रमुख हर्क साम्पाङले उक्त पार्क संरक्षकका लागि सुरक्षा गार्ड खटाउने, पार्क अवलोकनका लागि आउने पर्यटकहरुको लागि ट्रष्ट र पार्कबाट धरान तथा आसपासको दृश्यावलोकन गर्न दुई वटा दुरबिन राख्ने बताए।

धरान १४ नंबर वडाका अध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान १४ र १५ का वडा सदस्यहरु, पिण्डेश्वर विद्या पिठका शिक्षक, धरान १५ नंबर वडा स्थीत निराजन टोल बिकास संस्था, निराजन महिला समुहलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थीती रहेको थियो।