धरान, लेखक, साहित्य तथा पत्रकार गमबहादुर लम्जेल संघर्षशीलको प्रथम स्मृति दिवस तथा प्रबोध साप्ताहिकको चौंधौं वार्षिकोत्सबको सन्दर्भमा विभिन्न कार्यक्रम भएको छ।

गम बहादुर लम्जेल संघर्षशील स्मृति प्रतिष्ठानको आयोजनामा आज धरान-१८ स्थीत कवि बिमल गुरुङ स्मृति पुस्तकालयमा लम्जेलको तेस्रो प्रकाशित कृति नेपाली ऐतिहासिक श्रमिक वर्गको इतिहासको परिचर्चा, बिमोचनका साथै पुरस्कार बितरण कार्यक्रम भएको हो।

Polish_20241022_150643637

प्रतिष्ठानको अध्यक्ष जमुना श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका प्रमघअतिथि शिक्षासेवी तथा लेखक केशव सुनाम, बिशेष अतिथि साहित्यकार बंम देवान,  साहित्यकार सुमित्रा वाङ्देल चेलीले लम्जेलको तेस्रो प्रकाशित कृति नेपाली ऐतिहासिक श्रमिक वर्गको इतिहासको बिमोचन गरे। 

यसैगरी प्रतिष्ठानका उपाध्यक्ष विजय अछामी र प्रा.डा.खेमराज खनालले उक्त कृतिको परिचर्चा गरे। भने प्रमुख अतिथि सुनामद्वारा मैन बत्ती बालेर प्रबोध साप्ताहिकको चौधौं वार्षिकोत्सब मनाईयो भने सोही अवसरमा गम बहादुर लम्जेल संघर्षशीलस्मृति प्रतिष्ठानले ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकका पत्रकार स्नेहा श्रेष्ठलाई सम्मान गरेको छ।

Polish_20241022_213800667 1

अध्यक्ष जमुना श्रेष्ठ र प्रमुख अतिथि केशव सुनामद्वारा पत्रकार श्रेष्ठलाई सम्मान पत्र, नगद रु.पाँच हजार, पाँच रुपैयाँ नगद सहित गम बहादुर लम्जेल संघर्षशील साहित्य पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको हो।

Polish_20241022_21445568920241022_15385920241022_152642 1