धरान, नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाईमा देउसी खेलेर संकलित रकम बिरामी पत्रकार र मजदुरलाई प्रदान गरिएको छ।
फोटो पत्रकार महासंघ सुनसरीको अगुवाईमा धरानका केही पत्रकारहरु, मजदुर नेताहरुले बि.सं.२०८१ को देउसी खेलेर संकलन भएको मध्ये ६५ हजार रुपैया क्यान्सर पीडित पत्रकार स्नेहा श्रेष्ठलाई प्रदान गरिएको हो।
नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र मजदुर नेता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राईले बुधबार धरान १५ निवासी क्यान्सर पीडित पत्रकार श्रेष्ठको निवासमा पुगी सहयोग हस्तान्तरण गरिएको हो।
यसैगरि मृगौला पीडित ईटहरीका पत्रकार पीबी दियालीलाई नगद १० हजार र क्यान्सर पीडित धरान २ भानुचौकमा भारी बोक्ने स्टेन्ड मजदुर बुद्ध ठटाललाई नगद १० हजार प्रदान गरिएको नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष बिकास चाम्लिङ राईले बताए।