इटहरी, नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशन आगामी पुष पहिलो साता सुनसरीको इटहरीमा हुने भएको छ।
इटहरी जेसीजको आयोजनामा आगामी पुष ६,७ र ८ गते इटहरीस्थीत जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने सोमबार इटहरी जेसीज भवनमा महाधिवेशन प्रचार प्रसार केन्द्रित संचारकर्मीहरुसँगको छलफलमा महाधिवेशन तयारी समितिले बताएका छन्।
महाधिवेशन आयोजक मूल समितिका निर्देशक दीपक ढकालका अनुसार देशभरका ८ देखि १० हजार युवाहरुको इटहरीमा आगमनले यस क्षेत्रको पर्यटन प्रवद्धनमा सहयोग पुग्छ।
उक्त नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा सहभागि हुनका लागि आउने युवाहरुलाई इटहरी आसपासका पर्यटकीय क्षेत्रहरुको भ्रमण आयोजक समितिले गराउने भएको छ।
यसैगरी कोशी प्रदेश सरकारले आगामी २०८२ लाई पर्यटन वर्ष मनाउन लागि रहेको समयमा प्रदेश सरकारको पर्यटन वर्ष प्रवद्र्धनमा समेत जेसीजको राष्ट्रिय महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने समेत ढकालले बताए।