धरान, याक्थुङ चलचित्रकर्मी संघ नेपालको आयोजनामा प्रथम ऐतिहासिक याक्थुङ सिने अवार्ड २०८१ आयोजना गरिने भएको छ।
धरानको बीपी स्वा.विज्ञान प्रतिष्ठान स्थीत अडीटरियम हलमा यहि मंसिर १८ गते आयोजना हुने संघका सदस्य एवं संचार संयोजक सानुराजा थेगिम (भीमराज)ले बताए।
संचार संयोजक थेगिमको अनुसार लिम्बु सँस्कृतिमा आधारित लघु चलचित्र र चलचित्र गरि दुई विधाहरुमा विभिन्न शीर्षकको अवार्ड प्रदान गरिने भएको छ।
लघु चलचित्र तर्फ ५ वटा विधा र चलचित्र तर्फ ७ वटा विधा रहेको छ। जसमा लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, पब्लिक चोईस लघु चलचित्र रहेको छ।
यसैगरी चलचित्र तर्फ सर्बोकृष्ट चलचित्र सर्बोकृष्ट नायक, सर्बोकृष्ट नायिका, सर्बोत्कष्ट चरित्र अभिनेता, सर्बोत्कृष्ट अभिनेत्री, सर्बोत्कृष्ट निर्देशक र पब्लिक चोईस चलचित्रको अवार्ड रहेको छ।
दुई विधाहरु लघु चलचित्र तर्फ ५ वटा विधामा अवार्ड प्रदान हुने भएको छ। चलचित्र तर्फ सर्बोकृष्ट चलचित्र, सर्बोकृष्ट नायिका, सर्बोकृष्ट चरित्र अभिनेता, सर्बोकृष्ट चरित्र अभिनेत्री, पब्लिक चाईसको समेत अवार्ड प्रदान गरिने भएको छ।