धरान, नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाईमा देउसी खेलेर संकलन गरेको दक्षिणा मध्येबाट १५ हजार मृगौला पीडित पत्रकार पीवी दियालीलाई सहयोग प्रदान भएको छ।

नेपाल फोटो पत्रकार महासंघ सुनसरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकारहरुले बि.सं.२०८१ को देउसी खेलेर संकलन भएको दक्षिणा मध्येबाट १५ हजार मृगौला प्रत्यारोपण गरेका इटहरीका पत्रकार पीबी दियालीलाई प्रदान गरिएको हो।

नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, मजदुर नेता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राई, प्रेस चौतारी केन्द्रिय सदस्य देबेन्द्र कार्कीले बुधबार धरानमा पत्रकार दियालीकी भान्जी लिला घिमिरेमार्फत उनलाई सहयोग हस्तान्तरण गरिएको हो।

यसैगरी देउसीको संकलित दक्षिणाबाटै धरानका क्यान्सर पीडित पत्रकारलाई ६५ हजार र धरानका बस स्टेन्ड मजदुरलाई २२ हजार सहयोग समेत हस्तान्तर गरिएको फोटो पत्रकार संघ सुनसरीका अध्यक्ष बिकास चाम्लिङले बताए।