उदयपुर, प्रथम मैनारानी गोल्डकप फुटबल प्रतियोगिता २०८१ को विजेता एभरेष्ट फुटबल क्लब नडा सुनसरी भएको छ। 

पञ्चकन्या फुटबल क्लब बेलका, उदयपुरद्वारा आयोजित उक्त प्रतियोगिताको आज(बिहिबार) सम्पन्न फाईनलमा एभरेष्ट फुटबल क्लब नडा सुनसरीले २–१ को अन्तरले गाईघाट फुटबल क्लब उदयपुरलाई हराउदै विजेता बनेको हो। 

विजेतालाई नगद एक लाख, एक हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ। भने उप–विजेताले नगद ५५ हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ। 

पञ्चकन्या फुटबल क्लबका अध्यक्ष आशिष सँगम राईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन पुर्व मन्त्री सुदन किराँती, कोशी प्रदेश सभा सदस्य राजन किराँती (बासु), बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, उप–प्रमुख जिरा राई, बेलका न.पा.वडा नं.८ अध्यक्ष जयकुमार राईले विजेता र उपविजेताहरुलाई पुरस्कार प्रदान गरे।

468790844_906018078286111_6780561372537666853_n (1)

j-11

यसैगरि प्रतियोगितामा बेष्ट डिफेन्डर गाईघाट फुटबल क्लबका अनुराग चौधरी, बेष्ट फरवार्ड एभरेष्ट फुटबल क्लबका आकास राई, वेष्ट मीड फिल्डर गाईघाट फुटबल क्लबका सुदिप श्रेष्ठ, बेष्ट गोल किपर एभरेष्ट फुटबल क्लबका सौरभ बराल, हाईस्कोर गाईघाट फुटबल क्लबका प्रविण राई, बेष्ट राईजीङ प्लेयर पञ्चकन्या फुटबल क्लबका रियाल राई, बेष्ट प्लेयर अफ द टुनामेन्ट एभरेष्ट फुटबल क्लबका संजय श्रेष्ठ र बेष्ट कोच एभरेष्ट फुटबल क्लबकै नदि राई बनेका छन्।

समाजसेवी तथा वेलका न.पा.७ का पूर्व अध्यक्ष सुरेन्द्र राईको संयोजनमा भएको उक्त फुटबल प्रतियोगिताको उदघाटन मंसिर ६ गते कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँच कर्ण राई(पी.के)द्वारा भई मंसिर १३ सम्म बेलका न.पा.वडा नं ८ कोठु मेखबारी खेल मैदानमा संचालन भएको हो।  

j1-1024x683