धरान, लियो क्लब अफ धरान विजयपुरको आयोजनामा लियो अन्तर विद्यालय दौड प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ।

पाँच किलो मीटरको उक्त दौड प्रतियोगिता यहि मंसिर २२ गते शनिबार आयोजना हुने क्लबका पूर्व अध्यक्ष प्रतिक ओझाले बताएका छन्।

465628614_1355657625840891_3083097462405625599_n

विद्यार्थीहरुले आफनै स्तरकोहरुसँग निष्पक्ष ढंगबाट दौडको प्रतिष्पर्धा गरोस् भन्ने उदेश्यले सन् २०२२ देखि अन्तर विद्यालय दौड प्रतियोगिता सुरु गरिएको हो। 

तेस्रो संस्करणको दौड प्रतियोगितामा एक हजार जना विद्यार्थीहरुको सहभागिता रहने आयोजकले बताएका छन्। 

दौड धरानको भानुचौकबाट पुतली लाईन, कल्याण चौक, पानीटंकी, चतरालाईन, छाताचौक, सिंहदेबि चौक, पुरानो बजार, देशिलाईन हुँदै पुनः भानुचौकमा टुङ्गिने भएको छ। 

कक्षा ७ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुले सहभागि जनाउने उक्त प्रतियोगितामा कक्षा ७ दखि १० सम्म र कक्षा ११ र १२ का छात्रा र छात्रा गरि ४ समुहमा प्रतिष्पर्धा गराईने भएको छ। प्रतियोगिताका प्रथमले पुरस्कारमा नगद ९ हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार सहित मेडल, उपहार प्राप्त गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रदोस अधिकारीले बताए।

अध्यक्ष अधिकारीका अनुसार प्रतियोगिताको पहिलो संस्करणमा ७ सय जना र दोस्रो संस्करणमा ७ सय पचास जना धावक, धाविका दौडिएका थिए।