धरान, याक्थुङ चलचित्रकर्मी संघद्वारा आयोजित याक्थुङ सिने अवार्ड २०८१ मा सर्बोत्कृट चलचित्र “चे” र लघु चलचित्र “खोक्पा” उत्कृष्ट घोषित भएको छ। 

याक्थुङ लिम्बुहरुको सँस्कार, रिती रिवाजलाई प्रमुख विषय बनाएर निर्माण भएको लिम्बु चलचित्र “चे” र लघु चलचित्र “खोक्पा” सोमबार धरान स्थीत बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थीत अडिटोरियम हलमा सम्पन्न सिने अवार्ड समारोहमा सर्बोत्कृट र उत्कृष्ट घोषित भएका हुन्।

a4b886b9-089e-4892-9195-4ce7f95bdb7eयसैगरी चलचित्र तर्फ सर्बोत्कृष्ट सोसल अवार्ड सुगुप चलचित्र, सर्बोकृष्ट निर्देशक दिनेश माङ्मु, सर्बोकृष्ट नायक किशोर सम्बाहाम्फे, सर्बोत्कृष्ट नायिका बिमला खजुम, सर्बोत्कृष्ट नव नायक राज श्रेष्ठ, सर्बोत्कृष्ट नव नायिका निशाम तुम्बापो, सर्बोकृष्ट चरित्र अभिनेता सिडी वेघा, सर्बोकृष्ट चरित्र अभिनेत्री डम्बरकुमारी पयाङ्गु, घोषित भएका छन्। 

FB_IMG_1733293769127

2e08212e-fe85-4bf8-836e-65745fbaa3a4यसैगरी लघु चलचित्र तर्फ उत्कृष्ट सोसल अवार्ड लघु चलचित्र खोक्पा, उत्कृष्ट निर्देशक प्रकाश लिम्बु, उत्कृष्ट नायक तीरज लिम्बु, उत्कृष्ट नायिका बिमला थोक्लिहाङ, चरित्र उत्कृष्ट अभिनेता कर्ण सम्बाहाम्फे, उत्कृष्ट चरित्र अभिनेत्री मीना हुक्पा चोङबाङ घोषित भएका छन्। भने सोदुइगेनङलोप्जुङ अवार्ड प्रेम सुब्बा र दिगेन्जइन अवार्ड मीना हुक्पा चोङ्बाङले प्राप्त गरेका छन्। अवार्ड विजेताहरुलाई मेडल, नगद, ट्रफी प्रदान गरिएको छ।

c0a550a5-2c62-4a3b-b609-d0a1de73dee8उक्त अवार्ड छनौट समुहमा कबि, लेखक, निर्देशक उपेन्द्र सुब्बा, कलाकार, मुन्धुमविद् यासेली योङहाङ, र याक्थुङ चलचित्रकर्मी संघको अध्यक्ष नबिन मेन्याङ्बो रहेका थिए।  

याक्थुङ लिम्बुहरुको सँस्कार, सँस्कृति, रिती रिवाज, कथा, कहानीलाई प्रमुख विषय बनाएर निर्माण भएको लिम्बु चलचित्र र लघु चलचित्रबाट अवार्ड विजेता छनौट गरिएको होे। 

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्ष नबिन मेन्याङ्बोको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी लालिगुँरास नगरपालिका प्रमुख अर्जुनबाबु माबोहाङ रहेका थिए। 

7ff1f205-4b36-4815-a5b6-d35527036646

यसैगरी विशेष अतिथीहरु म्याङ्लुङ नगर पालिकाको प्रमुख संजय तुम्बाहाम्फे, धरान उपमहानगर पालिकाका उपप्रमुख आईन्द्र विक्रम वेघा, धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारम, बरिष्ठ निर्देशक बन्नी प्रधान, बरिष्ठ निर्माता चिरन्जीवी बस्नेत, नेपाल चलचित्रकर्मी महासंघ कोशीका अध्यक्ष अरुणकुमार प्रधान, धरान उपमहानगर पालिकाका पूर्व  प्रमुख  मनोजकुमार मेन्याङ्बो, पूर्व मिस नेपाल माल्भिका सुब्बा, प्रथम नेपाल स्टार गायिका विष्णु चेम्जोङ, बरिष्ठ पत्रकार हर्ष सुब्बा, नायिका परिक्षा लिम्बुलगायतको उपस्थीति रहेको थियो।

b5d12d89-c0a8-4952-9c24-15f10015153e

53cbc0ec-37dd-4b7d-9585-9c58b585f766भने कार्यक्रममा नायिकाहरु रेखा लिम्बु, परिक्षा लिम्बु र कलाकार एलिसा चोङबाङले नृत्य प्रस्तुत गरे भने प्रथम नेपाल स्टार गायिका विष्णु चेम्जोङ, गायकहरु नोगेन लिम्बु, सन्चमान ताम्लिङ, हेमु सुब्बा र अभिनेता प्रेम सुब्बाले गीत प्रस्तुत गरेका थिए।

यस्तै सोही कार्यक्रमबीच याक्थुङ चलचित्रकर्मी संघद्वारा निर्माण गरिएकोे नेपाली कथानक चलचित्र युद्धको सहरको “ईन्जिन, ईन्जिन रेलैको ईन्जिन” बोल रहेको गीतको भिडियो सार्वजनिक भयो।  

708e8dc1-dc69-452f-a168-6b0ae0431280टिकटक स्टार अनुप राउत र कलाकार मन्जु राईको नृत्य रहेको उक्त भिडियोको निर्देशन विजय सुब्बा, नृत्य निर्देशन मणिकुमार लिम्बु र सानुराजा थेगिम र छायांकन प्रकास सुब्बाले गरेका हुने। भने गायक विजय वाम्बुले राई र गायिका सुरक्षा सेन्चुरीको स्वर, डिजे मेवाहाङ राईको शब्द संगीत, राजु कार्कीको संगीत संयोजन रहेको छ।

धरान ५ स्थीत टिकटक रिर्सोटमा छायांकन भएको सो भिडियोको कोरस गरिमा डान्स सेन्टर धरानका कलाकाररुले नृत्य गरेका छन्।