धरान, किरात राई यायोक्खा धरान उपमहानगर कार्य समितिको अध्यक्षमा लिला राई सर्ब सम्मत चयन भएकी छन्।
मंगलबार धरान १० स्थीत यलम्बर स्मृति संग्राहलय भवनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी राई, सचिव गीता राई, सहसचिव धनबोल राई, कोषाध्यक्ष बिमल राई चयन भएका छन्।
यसैगरी सदस्यहरुमा मीना राई, जीवन राई, केबिन राई, अनिलाकला राई, रमा राई, नितेश राई, सबिता राई, सीता राई, भुपाल राई, जानुका राई, रामकुमारी राई र पोष्टराज राई चयन भएका छन्।