धरान, 'गिरिराज आचार्य सृजनशील पत्रकारिता सम्मान' बरिष्ठ पत्रकार हर्ष सुब्बालाई  र पुरस्कार पत्रकार बिनय प्रधानलाई प्रदान गरिएको छ।

आज धरानमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामार्फत ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष समितिले नगद २५ हजार सहित सम्मान-पत्रले बरिष्ठ पत्रकार सुब्बालाई सम्मान गरेको हो।

Polish_20241206_233808887

यसैगरी पत्रकार विनय प्रधानलाई नगद २० हजार सहित ‘गिरीराज आचार्य सृजनशीलता पत्रकारिता पुरस्कार’ पूर्व प्रधानमन्त्री देउवामार्फत प्रदान गरिएको छ।

धरान उप-महानगरपालिका पूर्व मेयर तिलक राईले नेपाली काँग्रेसका संस्थापक सुनसरी जिल्ला सचिव गिरिराज आचार्यको सम्मानमा ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष’ स्थापना गरेका हुन।

गिरिराज आचार्यद्वारा लिखित ‘वीपी कोइरालाका साहित्यिक विचारहरू’ नामक पुस्तकको तेस्रो परिमार्जित संस्करणको विमोचन समारोहमा पूर्व प्रधानमन्त्रीले लेखककै नाममा स्थापित सम्मान र पुरस्कार प्रदान गरेका हुन।

विमोचन समारोह नेपाली काँग्रेस धरान नगर समितिको आयोजनामा भएको हो।