धरान, पत्रकार रश्मी प्रधानलाई चन्द्र प्रसाद श्रेष्ठ (चन्द्र सर)पत्रकारिता प्रोत्साहन पुरस्कार र भोला श्रेष्ठलाई चन्द्र प्रसाद श्रेष्ठ(चन्द्र सर)पत्रकारिता सम्मान प्रदान गरिएको छ।

धरानको पत्रकारितामा सक्रिय कपुरी न्यूजका पत्रकार रश्मी प्रधानलाई चन्द्र प्रसाद श्रेष्ठ (चन्द्र सर)पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान प्रदान गरिएको हो। प्रधानलाई नगद १५ हजार सहित प्रमाणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो।

यसैगरी छाल खबरका सम्पादक भोला श्रेष्ठलाई चन्द्र प्रसाद श्रेष्ठ९चन्द्र सर० पत्रकारिता सम्मान प्रदान गरिएको हो। श्रेष्ठलाई नगद २१ हजार सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो। 

सिद्धि नेवा परिषद्को १८ औँ वार्षिकोत्सवको अवसर तथा संस्थाका दिवङ्गत दाता सिद्धिमान एवं गङ्गालक्ष्मी पलिखेको १६१औँ जन्मजयन्तीको अवसरमा सोमबार आयोजित कार्यक्रममा पत्रकारद्वयलाई पुरस्कार र सम्मान गरिएको हो।

पत्रकारिताको माध्यमबाट जातीय संस्कार सँस्कृति उत्थानमा समेत कलम चलाउँदै समाजलाई योगदान पुर्‍याउँदै आएकाले उनीहरूलाई सम्मान गरिएको हो। उक्त पत्रकारीता सम्मानका लागि चन्द्र प्रसाद श्रेष्ठ (चन्द्र सर)बाट नगद ५ लाखको अक्षयकोष स्थापना गरिएको हो।

यसैगरी कार्यक्रममा सामाजिक सम्मान बाट नेवा साँस्कृतिक अभियान्ता नविन किशोर टमोट र दाता परिवार सम्मानबाट नातिनीद्धय उजेलि मैया श्रेष्ठ र जयन्ती श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ। 

सबै सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथी विपी प्रतिष्ठानका प्रोफेसर अफ हेड तथा डिपार्टमेन्ट अफ ग्यास्ट्रोलोजि  एण्ड हेपाटोलोजी प्राडा विक्रम प्रधानले सम्मान गरेका थिए।

वार्षिकोत्सवमा नेवा समुदायका विद्यार्थीहरू गत वर्षको एसइईमा उत्कृष्ट अङ्क ल्याउने ९ जना  सहिल श्रेष्ठ, प्रतिक्षा जोशी, बिनिता नेवार ,भुपेन श्रेष्ठ, सिलिका महर्जन, आस्था श्रेष्ठ, सम्मान श्रेष्ठ, अरुण मान्धर , सौगात श्रेष्ठ रहेका भने प्लस टु उत्तीर्ण ८ जना अरपिता श्रेष्ठ, अनुशा श्रेष्ठ, अनुपा श्रेष्ठ, साहिल शाक्य, सविन श्रेष्ठ, प्रजल श्रेष्ठ, क्रियता श्रेष्ठ, बसन्त श्रेष्ठ र इन्जिनियरिङमा उत्कृष्ट अङ्क ल्याउने ५ जना अनिस श्रेष्ठ, सुशिल श्रेष्ठ, परिधि श्रेष्ठ, उत्सव ताम्राकार, नारायण श्रेष्ठ गरि जम्मा २२ जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

सिद्धि नेवा परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले कायर्क्रममा संस्थाले समाजसेवा र नेवा सँस्कृति र परम्पराको जगेर्ना गर्दै आएको र सँस्कार र सँस्कृति त जगेर्णा गर्न खल पुच सक्रिय रहेको बताउँँदै नयाँ पुस्तामा भाषा गत ज्ञान दिन भाषा बचाउनु पर्ने कुरामा जोड दिएका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार भाषा बचाउनमा विद्यार्थी वर्गहरुले आफनो पाठ्यक्रमको ज्ञान सँगसँगै नेवार भाषागत ज्ञानमा दक्षता हासिल गनुपर्ने बताए।