धरान, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्।
यसैगरी उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी, समावेशी सहसचिव बिरेन्द्रकुमार शाह र कोषाध्यक्षमा विवेक रेग्मी निर्वाचित भएका छन्।
आज धरानमा सम्पन्न नेपाल पत्रकार महासङ्घ सुनसरीको चुनाबबाट महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई र समावेशी सदस्यमा नशिम अन्सारी निर्वाचित छन्।
भने खुला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल (ज्योति), सिंह बहादुर मादेन, सुदीप पोखरेल, र हिरण्य कुमार कार्की निर्वाचित भएका छन्।
केन्द्रीय परिषद् सदस्य खुलामा गोपाल दाहाल र बाबुराम सुवेदी तथा केन्द्रीय परिषद् सदस्य महिलामा सुभद्रा प्याकुरेल, समावेशीमा नरबहादुर लिम्बू (प्रदिप मेन्याङ्बो) र फूल चन्द मेहेता चयन भएका छन्।
यस्तै प्रदेश परिषद् सदस्यमा कमला कुमारी चौधरी, धिरेन्द्र कुमार चौधरी, नवराज बिष्ट, पिएमणी भट्टराई, रामकृष्ण खड्का, रूम रिजाल, शुसिला चौधरी, सुमित्रा राई (सञ्जु) चयन भएका छन्।
भने महिलामा कानुन कार्की, र समावेशीमा उपेन्द्र चाम्लिङ, धनकुमार राई, विकास चाम्लिङ राई, विक्की श्रेष्ठ, सोहन श्रेष्ठ, र हिमाल राई चयन भएका छन्।