इटहरी, नेपाली चलचित्र ‘बम बहादुर’ आगामी पौषको पहिलो सातामा नेपाल र भारतमा एकै साथ प्रदर्शन हुने भएको छ।

सन् १९८६ को दशकमा भारतको दार्जिलिङ र डुअर्स क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको संघर्षका कथालाई समेटेर तयार पारिएको उक्त चलचित्र दार्जिलिङको प्रिमियर सकेर आज इटहरीमा पत्रकार सम्मेलन गरि आगामी पौष ५ गतेदेखि प्रदर्शनी गरिने जानकारी गराएको हो। 

Messenger_creation_7648C4D8-01AB-484D-BC8B-6F1148B3645Eबिष्ट ब्रोदर्स फिल्मसको प्रस्तुति तथा ओख्ली ढिक्की प्रोडक्सनको सहयोगमा निर्माण भएको उक्त ‘बम बहादुर’मा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, शान्तिला तामाङ, भास्कर प्रधान, महेन्द्र बग्दास लगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ। भने निर्माता सञ्जीव सार्की, निर्देशन कथा तथा स्क्रीनप्ले जोन राई र रुपेश तामाङको रहेको पत्रकार सम्मेलनमा जानकारी भएको छ।

पत्रकार सम्मेलनमा चलचित्रको मुख्य पात्र बम बहादुरले चार दशक अघि भोगेको संघर्षले वर्तमानमा पारेको प्रभावको विषयलाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी गराइयो।

चलचित्रका लेखक तथा निर्देशक राईका अनुसार आफ्नो इतिहास नभुल्न र “भिन्न प्रकारको शिक्षित समाज बनाउन खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गर्नुपर्ने।” उदेश्यले चलचित्रको निर्माण गरेको रहेको छ।

Messenger_creation_62C1B960-1AD0-4D90-ABD1-AA5EE57EF7DAपत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘बम बहादुर’ स्क्रिप्ट पढ्दा आफ्नै कथा जस्तो महसुस गरेको बताउदै उनले उक्त चलचित्रमा काम गर्नलाई धेरै सोच्न नपरेको बताए। यस्तै उनले आफ्नो क्यारेक्टर रोचक रहेको र सायदै आफुले यस्तो पात्रमा पहिलो पटक काम गरेको उनको भनाई थियो। 

यसैगरी प्रमुख अभिनेत्री अनिशा रसाइलीले उक्त चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन्।

भने अभिनेत्री शान्तिला तामाङले सबै नेपालीहरूको मन छुने कथा चलचित्रमा रहेकोले उक्त चलचित्रबाट आफूले ठूलो आशा गरेको बताईन्।चलचित्र प्रदर्शनी अघि उक्त चलचित्र इटहरीमा प्रिमियर पनि गरिने भएको र केही दिन पछि त्यसको जानकारी गराउने बताईएको छ। 

पत्रकार सम्मेलनमा चलचित्रका अभिनेता सौगात मल्ल, अभिनेत्रीहरु अनिशा रसाइली, शान्तिला तामाङ, निर्माता सन्जीव सार्की, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान, महासचिव दिनेश कोइराला, फिल्म निर्माता तथा निर्देशक लाखमान योन्जन र निर्देशक प्रकाश सुब्बालगायतको विशेष उपस्थिति रहेको थियो।

Messenger_creation_0AA05FA2-9D72-4A54-BEC1-EE0C51190049