भेडेटार, किरात याक्थुङ चुम्लुङ साँगुरीगढी गाउँ पालिकाले प्रथम पटक सामुहिक रुपमा चासोक तङ्नाम (उधौली २०८१) येले तङ्वे ५०८४ मनाएको छ।
कियाचु साँगुरीगढी गा.पा.मा बि.स.२०७४ सालमा स्थापना भएपनि उक्त गाउँपालिकाका लिम्बूहरुले चासोक तङनाम व्यक्तिगत रुपमा मनाउँदै आएका थिए भने यस पाली मात्रै सामुहिक रुपमा चासोक तङनाम मनाएको कियाचु साँगुरीगढीका सचिव लिलाराज लावतीले बताए।
मंसिरे पूर्णे उधौलीको दिन आइतबार बिहान लिम्बू परम्परा अनुसार साँगुरीगढी परिसरमा अन्न तथा फलफूलले पुजा सम्पन्न गर्दै प्रसाद ग्रहण गरि केलाङ नाचेका थिए। भने दिउँसो भेडेटार चौकमा औपचारिक कार्यक्रम गरि शुभकामना आदान-प्रदान गरेको थियो।
उक्त कार्यक्रममा खेलकुद, कलाकारिता क्षेत्र तथा पालिका र राष्ट्रको नाम राख्न सफल व्यक्तिहरुलाई सम्मान गरिएको छ। यसैगरी पालिका स्तरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रालाई सम्मान गरिएको छ।
कियाचु साँगुरीगढी गाउँ पालिकाका अध्यक्ष खड्क आङ्लाको सभापतित्व, साँगुरीगढी गाउँ पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्य, पालिका उपाध्यक्ष मुना राई, कियाचु केन्द्रीय समिति सदस्य चन्द्रसिंह नेम्वाङको विशेष आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा लिम्बू जातीको भाषा, धर्म र सँस्कृतिलाई उत्थान गर्न स्थापित उक्त साँगुरीगढी गाउँपालिकाले निकट भविष्यमै वडागत रुपमा पनि किराँत याक्थुङ चुम्लुङ समिति गठन गर्ने कार्यक्रम संयोजन थामेश्वर सुब्बाले जानकारी गराए।