धरान, तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उद्धघाटन खेलमा धरान आर्दश कलेज विजयी भएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा आजबाट सुरु भएको उक्त प्रतियोगिता धरान मेघा हिमालयन कलेजले आयोजना गरेको हो।
मुख्यमन्त्री कार्कीले पानसमा दिप प्रज्वलन गरि, रेफ्रिलाई वल हस्तान्तरण गरि प्रतियोगिताको उदघाटन गरेका हुन्।
उदघाटन खेलमा धरान आर्दशले सुनाखरी स्कुललाई ६६–४७ अंकको अन्तरले पराजित गरेका छन । खेलमा धरान आर्दश र सुनखरीले प्रत्येक क्वाटरमा २०–१०, १०–११, १७–१७ र १५–९ अंक जोडेका थिए।
सोहि दिन भएको खेलमा धरान मेघा ए टिमले डिपो वि टिमलाई ४१–२६ र सियोन स्कुलले युनाइटेड गोर्खा एकेडेमिलाई ५९–११ अंकको विशाल अन्तरले पराजित गरेका छन । मेघा ए र डिपो वि टिमले प्रत्येक क्वाटरमा ९–२, १३–७, ११–४ र ९–१३ अंक जोडेका थिए । यसैगरि सियोन स्कुल र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा २३–१, १०–५, १०–३ र १६–२ अंक जोडेका थिए।
धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा विशेष अतिथिमा कोशी प्रदेश रमेश वस्नेत, विजय राई, यसोदा कायस्थ, पुर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राई, नेकपा एमाले केन्द्रिय सदस्य एवं धरान निवर्तमान उपमेयर मञ्जु भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्दिय अध्यक्ष भिमज्वाला राई, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघाको उपस्थिति रहेको थियो।
यसैगरी सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, रेवाहाङ रुछेन्वुङ राई स्मृति प्रतिष्ठानका अध्यक्ष एवं दिवंगत रेवाहाङका वुवा रेवतिरमन राई, आमा सुजता राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले लगायतको प्रतियोगितामा उपस्थिति रहेको थियो।
दिवंगत पुर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तिन वर्ष अघि देखि धरान मेघा हिमालयन कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु सूरु भएको हो। धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।
१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ। प्रतियोगिताका विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
यहि पुष ५ गते सम्म समापन हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटल कोर्टमा हुने आयोजकले बताएको छ।