धरान, नेकपा माओवादी केन्द्रको धरान नगर अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत उद्धव लिम्बु चयन भएका छन्।
सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट ६९ सदस्यीय कार्यसमिति चयन भएको छ। जसमा वरिष्ठ उपाध्यक्ष सीपी बजगाई, उपाध्यक्षहरु सुवास खवास, शेषकुमारी घिमिरे, सन्जुहाङ साँवा, सचिवमा भुपाल चाम्लिङ राई, सहसचिव सुमन गहतराज र कोषाध्यक्षमा मिङ्मा भोटे चयन भएका हुन्।
यसैगरी सदस्यहरुमा जीवन राई, आकास लिम्बु, गेल्बु शेर्पा, सम्फर तामाङ, मंगलसिंह लिम्बु, चन्द्र कुलुङ, बुद्रोस लिम्बु, केशव रिजाल, उद्धव राई, राम खाती, तिलक पौडेल, बंम बहादुर तामाङ, देव राई, मो.ईस्तयाज मुस्लिम, डम्बर कुमारी देवान, मीनाकुमारी राई, बन्दना राई, राधिका गजमेर, कमला बस्नेत, लक्ष्मी रणपहेली, विशाल राई, रबिन श्रेष्ठ, ऋतुवर्ण राई, दीपक घिसिङ, छोजुङ शेर्पा, शारदा मास्के, तारा राई, शारदा मास्के, कृपा राई लगायत चयन भएका छन्।
अधिवेशन पार्टीको ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा निर्वाचन समितिको संयोजक अधिवक्ता दर्शन राई, अधिवक्ता बलराम राई, मीना तामाङ सहित १३ सदस्यहरु रहेका थिए। भने पार्टीका केन्द्रिय सदस्यहरु मुक्साम मेन्याङ्बो, उमिता बराईली, प्रदेश उपाध्यक्ष शिव डाँगी, प्रदेश सचिवालय सदस्य, धरान उपमहानगर पालिकाका उपप्रमुख आईन्द्रबिक्रम वेघाको उपस्थीति रहेको थियो।