बिराटनगर, मंसिर महिनाको सर्बोत्कृष्ट प्रहरी इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकास जबेगु घोषित भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जबेगुलाई विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको उच्च मुल्याङ्कन गर्दै २०८१ मंसिर महिनाको सर्बोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ द मन्थ) घोषित गरेको हो।
प्रहरी नायव उपरीक्षक जबेगुले गत मंसिर १८ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितमा लागुऔषध गाँजा बोकेको बा।१ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाएको दुईवटा गाडी नियन्त्रण लिने क्रममा गाडीका चालकले तिव्र गतिमा सवारी चलाएको हुँदा ४ राउण्ड गोली फायर गरी उक्त गाडीलाई नियन्त्रणमा लिइ दुवै सवारी साधनबाट ६ सय ९० किलोग्राम गाँजा बरामद गरि चालकलाई पक्राउ गर्न सफल भएका थिए।
यसैगरी बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको साथै भन्सार चोरी पैठारी गरी ल्याएको करिव १७ लाख ३२ हजार ४ सय ३० रुपैँया बराबरको सामानहरु बरामद गर्न सफल भएका थिए। प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” प्रहरी नायव उपरीक्षक जबेगुलाई घोषणा गरिएको हो।