धरान, धरान नृत्य कला प्रतिष्ठानद्वारा आयोजित धरान नगर स्तरीय अन्तर विद्यालय रनिङ लोक नृत्य प्रतियोगिताको दोस्रो संस्करणको प्रथम होलिगार्डेन एकेडेमी धरान-१ भएको छ।
आज धरान सभागृहमा सम्पन्न प्रतियोगितामा दोस्रो पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान-१९ बनेका छन्।
यसैगरी तेस्रो धरान लिगामेन्ट रेसिडियन्टल स्कुल धरान-१६, चौथो सुनखरी एकेडेमी धरान-१२ र पाँचौ युएन स्कुल धरान-१० भएका छन्। भने बेष्ट कोरियोग्राफर तृष्णा राई बनिन्।
प्रतियोगिताको प्रथमले ट्रफी, प्रमाण–पत्र सहित नगद ३५ हजार पुरस्कार प्राप्त गरेका छन्। यसैगरी ट्रफी, प्रमाण–पत्र सहित क्रमश दोस्रोले नगद २० हजार, तेस्रो नगद १५ हजार, चौथोले १० हजार पाए भने पाँचौले ट्रफी, प्रमाण–पत्र पुरस्कार पाए।
विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रमुख अतिथी धरान उप-महानगर पालिकाको उप–प्रमुख आइन्द्र बिक्रम वेघा, धरान नृत्य कला प्रतिष्ठानको अध्यक्ष नन्दा राई, उपाध्यक्ष मणिकुमार लिम्बु, देवराज खड्का, युएन स्कुलका कोओडिनेटर जगत सम्बाहाम्फे, सुनाखरी एकेडेमी मिलन राईले पुरस्कार बितरण गरेका थिए।
धरानको १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको उक्त प्रतियोगिताको निर्णायकहरुमा मनिकुमार राई, पनिता तामाङ, सन्तोष मगर रहेका थिए।
धरान नृत्यकला प्रतिष्ठानका सदस्य पवन तामाङको संयोजनमा आयोजित प्रतियोगिताको स्वागत मनतव्य प्रतिष्ठानको उपाध्यक्ष मणिकुमार लिम्बुले दिएका थिए भने कार्यक्रम संयोजक सचिव सन्तोष तामाङले गरे।