धरान, धरान मेघा कलेजको आयोजनामा धरानमा जारी धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको फाइनल शुक्रबार हुने भएको छ।

फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुल फाइनलमा भिड्ने भएको छ। 

IMG-20241219-WA0014(1)बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१-३९ अंकले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका हुन।

प्रतिश्प्रधात्मक भएको खेलको पहिलो क्वाटरमा सियोन स्कुल ८-४ अंकले अघि रहे भने दोस्रो, तेस्रो र चौथो  क्वाटरमा धरान मेघा कलेज १४-११, १३-११ र २०-९ अंकको अन्तर बनाउदै फाइनल यात्रा तय गरेका थिए । 

सोही दिन भएको सेमिफाइनल खेलमा होलिल्याण्ड स्कुलले टावर टेम्पल स्कुल झापालाई ५९-३७ अंकको अन्तरले सहज जित निकाल्दै फाइनल पुगेका हुन। 

 होलिल्याण्ड र टावर टेम्पल स्कुल झापाले प्रत्येक क्वाटरमा १४–६, ४–१४, २०–५ र २१–१२ अंक जोडेका जोडेका थिए।

१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको थियो। प्रतियोगिताका विजेता टिमले नगद रु २५ हजार, उपविजेताले नगद रु १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा धरान बास्केटबल संघ, सुनसरि बास्केटबल संघ र रेवाहाङ रुछेन्बुङ राई स्मृती प्रतिष्ठानको बिशेष सहयोग रहेको छ।

फाइनल खेल शुक्रवार बिहान ८ बजे धरान मेघा कलेजको बास्केटबल कोर्टमा हुने छ।


तस्बिर : बिकास चाम्लिङ राई