इटहरी, ३३ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा आज इटहरीमा विविध कार्यक्रम गरि मनाइएको छ।
अपांगता संरक्षण मञ्च इटहरी सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त अवसरमा अपांगता सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया, शुभकामना र सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।
इटहरीको २० वटै वडाका अपांगता भएका व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा माया घर नेपालको अध्यक्ष सुभद्रा प्याकुरेल र नेपाल चेलीबेटी अपांग महिला समाजका पुर्व अध्यक्ष तृप्ता मगरलाई सम्मान गरिएको छ।
अपांगता भएका ब्याक्तिहरुको महान पर्व आजको दिनमा अपांगता भएका ब्याक्तीहरुको पिर मार्कालगायतको कुरा आदन-प्रदान गर्दै उनिहरुको समस्या राज्य र स्थानीय सरकारलाई घचघचाउने अपांगता भएका ब्याक्तिहरुकोे अधिकार सुनिश्चित गराउने कार्यक्रमको रुपमा ३३ औं अन्तर्राष्ट्रिय अपांग दिवसको आयोजना गरिएको कार्यक्रमको अध्यक्ष दिल कुमारी राईले जानकारी गराइन्।
त्यसै गरि कार्यक्रमको प्रमुख अतिथि रहेकी कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले अपांगता भएका ब्याक्तीहरुले समाजमा अतुलनीय योगदान पुर्याएको बताउँदै अपांगता भएका ब्याक्तीहरुको जीवन यापन सहजका लागि कानुन बनाउन संसदमा कुरा राख्ने बताइन्।
अपाङ्गता भएका व्यक्तिहरुलाई कस्तो नियम बनाउदा जिवनयापन सजिलो हुन्छरु त्यस्को खाका कोरेर आफुलाई उपलब्ध गराउन अनुरोध गर्दै। त्यसका लागि प्रदेश सरकारको नीति नियमहरुमा आबश्यकता अनुसार कानुन निर्माण गर्ने तहमा आफूले काम गर्ने सांसद श्रेष्ठले बताइन्।