धरान,‘‘गीत, संगीत र मनोरन्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराको साथमा धरान-१५ स्थीत बगरकोटमा संगीत जात्रा साँस्कृतिक महोत्सव सुरु भएको छ।
नेचर क्लब धरान, निशान त्रिभ्याली टोल बिकास संस्था धरान-१५ को आयोजना तथा त्रिवेणी महिला समुह धरान-१५ को सहआयोजनामा आज (पुस ७ गते)बाट सुरु भएको महोत्सव १७ गतेसम्म संचालन हुने भएको छ।
मौलिक तथा जातीय भेषभुषा सहितको साँस्कृतिक प्रर्दशनी, जातीय परिकार सहितको अर्गानिक खाद्यान्नलाई प्राथमिकता दिएर आयोजित महोत्सवको उद्घाटन धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेशकुमार ईवारमले गरेका छन्।
आयोजक नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा मजदुर नेता भीम ज्वाला राई, सुनसरी उद्योग वाणिज्य संघका सचिव किशन मास्केलगायतले शुभकामना प्रदान गरे। भने सह(आयोजक त्रिवेणी महिला समूहका अध्यक्ष लक्कि राईले स्वागत मन्तव्य राखे।
किरात राई यायोक्खा प्राकस धरान-१५ को साकेला नाच र चौबिसे समाज धरानको च्याब्रुङ नाच प्रदर्शन गरि सुरु भएको महोत्सव अवधिभर थप मनोरन्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती गरिने भएको छ।
महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ।