धरान, “सुम्सुम” बोलको पालमको म्युजिक भिडियो निर्माण भएको छ।
लिम्बु सँस्कार सँस्कृति झल्काउने उदेश्यले निमार्ण भएको उक्त पालमको म्युजिक भिडियोको निर्देशन मणिकुमार लिम्बुको रहेको छ।
यसैगरि भिडियोको कलाकारहरुमा पूर्णकला लिम्बु, नवर्दा लिम्बु, भक्त लिङ्थेप, क्याप्टेन एवी लिम्बु पंधाक, झरना पंधाक लिम्बू, सुलोचना लिम्बु, जानुका श्रेष्ठ, दिलकुमारी लिम्बु, कर्ण सम्बाहाम्फे, विष्णु लिम्बु, ललित मेन्याङ्बो, झरना लिम्बु, राजेन्द्र लिम्बु(लाबुङ), पावल राई, एलिसा चोङ्बाङलगायत रहेका छन्।
केराबारी गाउँपालिका रमणीय स्थलमा छायांकन भएको उक्त भिडियोको छायांकन र सम्पादन एडम लिम्बुले गरेका छन् भने भिडियोको प्रोडक्सन मेनेजर सानुराजा थेगिम रहेका छन्।
कलाकार पूर्णकला लिम्बुको शब्द संकलन रहेको उक्त गीतको गायक टिका चेम्जोङ, गायिका जानुका श्रेष्ठ,संयोजन विजय श्रेष्ठको संगीत रहेको छ।
