धरान, नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर कमिटिले पत्रकारहरुलाई सम्मान गरेको छ ।
भर्खरै सम्पन्न भएको नेपाल पत्रकार महासंघको अधिवेशनबाट धरान क्षेत्रबाट निर्वाचित हुने पत्रकारहरुलाई संघले सम्मान गरेको हो। नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा निर्वाचित भएका सन्तोष काफ्ले, सदस्यहरु विनोद विश्वकर्मा, रोहित कुलुङ राई, सिंहबहादुर मादेन, जीवन विष्ट रहेका छन्।
त्यस्तै गरी केन्द्रीय परिषद् सदस्य गोपाल दाहाल, प्रदीप मेन्याङ्बो, प्रदेश परिषद सदस्यहरु विकी श्रेष्ठ, विकास चाम्लिङ राई, धनकुमार राई, उपेन्द्र चाम्लिङ, रामकृष्ण खड्का र सोहन श्रेष्ठ रहेका छन्।
त्यस्तै गरी भर्खरै धरानको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरी र नेपाल वन पैदावर व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित राजकुमार तामाङलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले पत्रकारहरु देशको चौथो अंग र नागरिकको तेस्रो आँखा भएको भन्दै समाजलाई सहि सूचना पु¥याउन पत्रकारहरुको ठूलो भुमिका रहने बताए।
कार्यक्रमका प्रमुख अतिथि सांसद विजयकुमार राईले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका अग्रणी भएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालले ल्याएको विकृतिका विषयमा चिर्दै समाजलाई सहि सूचना दिन पत्रकारहरु सक्षम हुनुपर्ने बताए।