धरान, चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र उद्योगको बिकासको लागि अहोरात्र लागिरहेको बताएका छन्।

भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकबाट बोर्डको अध्यक्षमा नियुक्त भई पदभार सम्हालेका अध्यक्ष डिसीले आफनो कार्यकालमा चलचित्र नीति बनाउने, चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने र रियल टाईम बक्स अफिस लागु गर्ने तीन मुख्य कार्य गरेरै छाड्ने बताएका छन्। 

ती कार्यसँगै आफनो कार्यकालमा चलचित्र क्षेत्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिकलगायत समग्र चलचित्र उद्योगको विकासको लागि आफनो हरेक समय खर्चिने बताए। 

FB_IMG_1735556965428शनिबार भरतपुर स्थीत कमलनगरमा चलचित्र पत्रकार संघ भरतपुरले आयोजना गरेको संचारकर्मीहरुसँगको भेटघाट र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष डिसीले आफनो हरेक समय बोर्डको लागि महत्वपूर्ण समय भएकाले बिदेश भ्रमणहरु समेत त्यागेर आफु लागि परेको जानकारी गराए। 

उनले चलचित्रका निर्माता, निर्देशक, कलाकार, प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने साथै चलचित्र हल संचालकहरुलाई नियमन गर्ने कार्य साथै राज्य र बोर्डबाट प्रदान हुने सेवा सुविधाबारे जानकारी प्रदान गर्ने कार्यहरु भईरहेको बताए। 

उनले पदभार सम्हालेको दिन देखि हाल सम्म चलचित्र नीति लागु गर्न प्रस्तावित विधेयक संचार मन्त्रालय, अर्थ मन्त्रालय र बोर्डबाट गर्ने सम्पुर्ण तयारी पुरा गरि कानुन मन्त्रायलसम्म पुर्याई हाल पुनः संचार मन्त्रालयमा फिर्ता आएको, रियल टाईम बक्स अफिस लागु गर्न प्रविधि तथा भएका सिस्टमको समस्याहरुको गहन अध्ययन गरि बैशाख १ बाट लागु गर्ने तयारी भएको, बनेपास्थित निमार्णाधिन सुटिङ स्टुडियो बिबाद व्यवस्थापन गर्दै सिमाना यकिन गरि चारकिल्ला कायम गरि स्टुडियो निमार्णको लागि अर्थ मन्त्रालयबाट बहुवर्षिय ठेक्काको सहमति लिई टेन्डर आव्हान गर्ने चरणमा पुर्याएका छन्।

यसैगरी चलचित्र बिकास बोर्डलाई महिलामैत्री तथा अपांगमैत्री संरचना निर्माण गरिएको, बोर्डका सेवाग्राहीको लागि सम्पुर्ण ३२ वटै कामहरुको डिजिटल निवेदनबाट हुने प्रविधिको जडानको तयारी गरिएको, बाढी, पहिरो र डुबानबाट पीढित ६ चलचित्रकर्मीको परिवारलाई जनही ५० हजारको दरले तत्काल राहत प्रदान गरेको, तीस वर्ष भन्दा बढि नेपाली चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्याउने ७४ चलचित्रकर्मीलाई एकलाखको बिमा सहितको विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको छ। 

भने चलचित्रकर्मीहरुको क्षमता अभिवृद्धि गर्नका लागि पब्लिक स्पिकिङ तालिम प्रदान गरिएको र हालमा चलचित्रमा अत्यावश्यक ड्रोन कार्यशाला संचालन भई रहेको बताउदै अध्यक्ष डिसीले हालमा चलचित्रकर्मीहरुलाई दक्ष तथा सबल बनाउने, प्रोत्साहन गर्ने र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनका लागि विभिन्न गतिविधि गरिरहेको जानकारी गराए।

FB_IMG_1735556984678 1