धरान, “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुण्डिएको गीत हो। नेपाली भाषीहरुको बसोवास रहेको भारतको पहाडी भूमि कालेबुङका गायक अनमोल गुरुङले गायको यो गीत अहिले युटुवमा दश मिलियन अर्थात एक करोड दर्शक पाएको छ। त्यही भएर सबै संगीतप्रेमीहरुको रोजाइमा छन गायक अनमोल गुरुङ।
हो तिनै गायक गुरुङ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाछन् । उनका हजारौँ रहर लगायतका गीहरुले समेत युटुवमा दश मिलियन दर्शक पाएकोछ। एउटै पिरती लगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजेदेखि धराने दर्शकहरुले हेर्न र सुन्न सक्नेछ।
प्रत्येक दिन नयाँनयाँ कलाहरु प्रस्तुत गरिरहेको नेचर क्लव धरानले आज सोमबार गायक गुरुङलाई धरान ल्याइएको क्लवका अध्यक्ष कृष्ण राईले जानकारी गराए । कालेबुङ भारत भएरपनि नेपाली गीत संगीतमा गरेको योगदान हाम्रा लागि अमुल्य रहेकाले दुबै देशलाई जोड्न गुरुङलाई धरान ल्याइएको महोत्सव आयोजक क्लवका अध्यक्ष राईले बताए।
गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज नवौँ दिन सोमबार धराने दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गुरुङलाई धरान ल्याइएको राईले बताए।
प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले मंगलबार फिचरिङ एण्ड गुड बोइज ब्याण्डका समिर श्रेष्ठ मंगलबार समिर श्रेष्ठ र बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले बताए।
धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको संयोजक कान्छीले बताए।