धरान, “भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने चाहाना” मुल नाराका साथ भोलि (पौष १६) देखि तीन दिने १२औं भेडेटार फुड फेस्टिबल सुरु हुँदैछ। 

होटल एशोसिएशन भेडेटारको आयोजनामा पौष १६ देखि १८ गते सम्म आयोजना हुने उक्त फुड फेस्टिबलमा जातीय मौलिक, परम्परागत खानपानको परिकारको साथ राष्ट्रिय र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ। 

एशोसिएशनका पूर्व अध्यक्ष लिलाराज लावतीका अनुसार भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटकलाई भित्राई स्थानीय खानपान, उत्पादन साथै स्थानिय पर्यटकीय स्थलहरुको प्रवद्र्धन तथा प्रचार प्रसार गरि भेडेटार र आसपासका साना तथा ठुला होटल व्यापार व्यवसायको बिकासमा उक्त फेस्टिबलले टेवा पुर्याउने उदेश्यका साथ आयोजना हुने भएकाले फेस्टिबलमा स्थानिय अर्गानिक, खेतीबाट उत्पादित तरकारी तथा फलफूलहरु, हस्तकला तथा कृषि र घरेलु उत्पादनहरु प्रदर्शनी, गरिने भएको हो। 

त्यसैगरी फेस्टिबलमा जातीय मौलिक भेषभुषा तथा साँस्कृति प्रदर्शनी, प्रत्येक दिन राष्ट्रिय र स्थानिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति गरिने भएको छ।  

फेस्टिबलमा ४० देखी ५० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको एशोसिएशनका अध्यक्ष तुमराज लिम्बुले बताउँदै फेस्टिबलले साँगुरीगढीको स्थानीय अर्गानिक तरकारी तथा फलफूलहरु तथा कृषि उत्पादन, हस्तकलालगायतका समाग्रीहरु र धार्मिक, पर्यटकीय स्थलको प्रर्वद्घन हुने, साना तथा ठुला होटल व्यापार व्यवसाय फस्टाउने, पर्यटकहरुको आगनमन बढ्ने र भौतिक तथा आर्थिक बिकासमा टेवा पुग्ने बताएका छन्।

अध्यक्ष लिम्बुका अनुसार पर्यटकहरुले भेडेटारका मुख्य पर्यटकीय स्थल सैलुङ डाँडा चाल्स टावर स्थीत स्काईब्रीज, पाथिभरा मन्दिर सहित साँगुरीगढी गाउँपालिकाको साँगुरी गढी यक, नाम्जे गाउँ होम स्टे, आत्मा बस्ने घर, अजंगको वर लाप्चे टार, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, थाउजन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी ध्वजे डाँडाँ पदमार्ग, सुर्योदय बौद्ध पार्क, झण्डी डाँडा गोलखाडी, नमस्ते झरनालगायतका ठाउँहरु अवलोकन गर्न सक्नेछ। फेस्टिबल अवधिमा ती पर्यटकीय स्थल भ्रमण गर्न, खान, बस्नका लागि तीनदिने प्याकेज सहुलियत दरमा बनाएको बताउँदै अध्यक्ष लिम्बुले जानकारी दिएका छन्।  

471915787_9057245117690609_1052813472876570497_n