धरान, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित भएका छन्।
इटहरीमा आज सम्पन्न फोनिज सुनसरीको पाँचौ अधिवेशनमा चौधरी निर्वाचित भएका हुन्। यसैगरी उपाध्यक्ष हिमाल राई, सचिव प्रमिला राई, सहसचिव रश्मी प्रधान, कोषाध्यक्ष स्वर्णीम राई सर्बसम्मत चयन भएका छन्।
संस्थागत सदस्यद्वय वुद्धहाङ लिम्बु, सचिन राई, महिला सदस्यद्वय स्मारिका राई, टिना चोङबाङ, अल्पसंख्यक कमानसिंह याम्फु राई, खुला सदस्यहरु शैलेन्द्र चौधरी, धनराज राई, सरिता चौधरी सर्बसम्मत चयन भएका छन्।
प्रदेश परिषद सदस्यमा कमला चौधरी, श्रवण चौधरी, मनुका बम्जन, नवराज बान्तावा, सोहन श्रेष्ठ, नरबहादुर लिम्बु(प्रदिप मेन्याङ्बो), हिन्दुहाङ राई, बिशाल राई, यसोदा सेने, राजकुमारी चौधरी, सुक्रान्त राई, चन्द्रबहादुर पोमो, सुप्रिया राई(कमला) सर्बसम्मत चयन भए।
यस्तै केन्द्रिय परिषद सदस्यमा धिरेन्द्रकुमार चौधरी, कुलदिप चौधरी, गोपाल देवान, निलिफा सुब्बा, सुम्नीमा राई, जनकऋषि राई, उपेन्द्र चाम्लिङ, श्रीसिशा राई, भोजराज श्रेष्ठ, प्रदिपकुमार चौधरी(बासमैत) र महेश श्रेष्ठ सर्बसम्मत चयन भएका छन्।
