धरान, धरान उपमहानगरपालिका वडा नंवर-१९ स्थीत हरियाली चारकोसे जंगलबाट १ थान भरुवा बन्दुक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पौष २७ गते धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई चेकजाँच गर्दा भरुवा बन्दुक सहित ५ जनालाई पक्राउ गरेको हो।
कारको सिटको मुनि लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक १ थान, गोली ५ थान, बारुद, खुकुरी १ थान फेला पारेको प्रहरीले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरुमा कार चालक इटहरी-१३ का ३५ बर्षीय ज्योतिस चौधरी सहित कारमा सवार रामधुनी नगरपालिका-७ का ३३ बर्षीय सन्जु राई, ३१ बर्षीय विनय राज धामी, २८ बर्षीय दिवश माझी र सुन्दरहरैचा नगरपालिका-२ मोरङका ४१ बर्षीय मेहरमान भुजेल रहेका छन्।
पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।