धरान, अहिलेका युवा पुस्ता बिच लोकप्रिय एवं चर्चित गायक पूर्ण राईले विहिबार साँझ धरानमा आफना दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका छन्।

धरान रंगशालामा भएको कार्यक्रममा गायक राईले आफनो हजारौंको संख्यामा रहेका दर्शकहरुलाई आफनो आधा दर्जन लोकप्रिय गीतहरु प्रस्तुत गरेर मन्त्रमुग्ध बनाएका हुन्।  

सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित धरान एक्स्पो २०८१ को आठौं दिनको कार्यक्रममा गायक पूर्ण राईले तिम्रो माया उनान्सय मेरो माया सय, नभएको, बोल्दिन मलगायतको गीत गाएका थिए।

1wwपौष २५ गते देखि जारी धरान एक्स्पोमा हरेक साँझ आयोजकले चर्चित गायकगायिकाहरुको प्रस्तुतीमार्फत मनोरन्ज प्रदान गर्दै आईरहेका छन्। एक्स्पोमा मनोरन्जनकै लागि रोटेपिङ, डा«गन टेन, बालबालिकाहरुका लागि खेलसामाग्रीहरु पनि राखेका छन्। 

स्थानीय उत्पादन र बजारीकरण, पर्यटन प्रवद्धर्न गर्ने उदेश्यले आयोजित उक्त एक्स्पोमा घरेलु उत्पादन, उपभोग्य सामाग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स र स्थानीय उत्पादनहरु बिक्रीको स्टलहरु राखिएका छन्। नेपाल, भारत, बंङ्गलादेश र पाकिस्थानका उत्पादनका सामग्री, स्वरोजगार, साहित्य र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न एक सय ४२ वटा स्टल रहेका छन्।

आयोजकका अनुसार उक्त एक्स्पोमा दिउँसोको समयमा विद्यार्थीहरुले आफनो परिचयपत्र देखाएर खेलमनोरन्जमा विशेष छुट पाउन सक्ने छन् । यसैगरी साँझ पाँच बजेपछि प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको छ।             

तस्वीर: दृश्य सी द अनसीन