धरान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिको अध्यक्षमा बिजयबोध लावती सर्वसहमत चयन भएका छन्।
पाँचथरको फिदिममा सोमबार सम्पन्न (फोनिज) प्रदेश १ को तेस्रो प्रादेसिक महादिबेशनबाट उपाध्यक्षमा अर्जुन राई, सुप्रिया राई, महासचिव लिला सुनुवार, सचिव रामचन्द्र बम्जन, दिलबहादुर राई र कोषाध्यक्ष सन्दिप याम्फु सर्वसम्मत चयन भएका छन्।
यसैगरी सदस्यमा अरुणकुमार राई, अजयसन्तोसी राई, कृष्ण फुरुम्बो लिम्बू, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका बम्जन, निशा राई, अमीत तामाङ, जयराम पुुर्वाछाने, श्रवण चौधरी, निस्चल राजभण्डारी, नेत्रकुमार सुनुवार चयन भएका छन्।
जिल्ला समन्वय समिति पाँचथरको सभाकक्षमा आयोजित उक्त महाधिवेशनबाट लेखा अनुशासन गरी दुई विषयगत समिति समेत चयन गरेको छ। लेखा समितिको संयोजकमा प्रेम देवान र सदस्यमा अनिलदेव राई रहेका छन्। भने अनुशासन समितिको संयोजकमा ब्रह्मलाल हजारी र सदस्य अशोक गुरुङ चयन भएका छन् ।
उक्त महाधिवेशनको उदघाटन सत्रमा फोनिजको स्थापना र संस्थागत विकासमा योगदान पुर्याउने पाँच जना अग्रजलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा फोनिजका संस्थापक सदस्य दिलेन्द्र कुरुम्बाङ, पूर्व संघीय उपाध्यक्षद्वय भैरव आङला र दिपीन राई, प्रदेश समितिका पूर्व अध्यक्ष तथा हाल संघीय अनुशासन आयोग संयोजक अर्जुन जम्नेली राई र प्रदेश समितिका सल्लाहकार निलिफा सुब्बा रहेका छन्।