विराटनगर, लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापा र उदयपुरबाट लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार झापाको झापा गाउँपालिका-२ र ५ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ११ ग्राम ६ सय १५ मिलिग्राम ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय प्रबिण गिरी, कन्काई नगरपालिका-८ का २५ बर्षीय सुमन राजबंशी, पाँचथर फिदिमका १९ बर्षीया रदिमा बर्देवा र १८ बर्षीया ईन्दिरा लिम्बु रहेका छन्।

त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ कि २८ बर्षीया सम्झना राईलाई ५ किलो ९ सय ९० ग्राम गाँजा सहित पक्राउ गरेको छ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएका छन्।