धरान, राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडी सहित एक प्रशिक्षकको पदोन्नति भएको छ।

सशस्त्र प्रहरी बल (एपिएफ)ले आफ्नो २४औं स्थापना दिवसको अवसरमा एपिएफ क्लबसँगै देशका लागि खेल्ने र योगदान पुर्याएका विभिन्न खेल क्षेत्रका खेलाडी र प्रशिक्षकहरुको पदोन्नति गरेको हो।

पदोन्नती हुनेमा राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यहरु गीता राना, सरु लिम्बु र अनिता केसी रहेका छन्। उनीहरु सबै सहायक हवलदारमा बढुवा भएका हुन्।

यसैगरी फुटबल कै महिला प्रशिक्षक भगवती थापा पनि वरिष्ठ सहायक हवलदारमा बढुवा भएकी छिन्। पदोन्नती भएका सबैलाई सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक विकास घिमिरेले दज्रयानी चिन्ह प्रदान गरेका थिए।

एपीएफले उक्त स्थापना दिवसकै अवसरमा फुटबलसँगै अन्य खेल क्षेत्रकाखेलाडीहरूलाई विशेष सम्मान, पुरस्कार तथा कुल १४ जना खेलाडी, प्रशिक्षकहरुलाई विशेष बढुवा गरिएको हो।