धरान, राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल धरान उपमहानगर कमिटीको अध्यक्षमा मणिकुमार लिम्बु सर्ब सम्मत चयन भएका छन्।
महासंघको प्रथम धरान नगर अधिवेशनबाट आज मणिकुमार लिम्बूको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्ब सम्मत रुपमा चयन गरिएको हो।
यसैगरी कमिटी उपाध्यक्षमा ममता पौडेल, कमिटीको उपाध्यक्षमा ममता पौडेल, सचिव सुरेश श्रेष्ठ, सहसचिव सानुराजा थेगिम, कोषाध्यक्ष सरस्वती रिमाल सर्वसम्मत चयन भएका छन्।
नेकपा (एमाले)को जनसंगठनको रुपमा रहेको उक्त राष्ट्रिय जनसाँस्कृतिक महासंघ धरान उपमहानगर कमिटीको सदस्यमा ज्ञानेन्द्र बस्नेत, जीवनकला राई, अनु लिम्बु, सन्तोष तामाङ चयन भएका छन् भने बाँकी सदस्यहरु बैठकले मनोनित गरिने भएको छ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल धरान उपमहानगर कमिटीको संयोजक कुल चन्द्र न्यौपानेको अध्यक्षतामा नेकपा (एमाले) धरानको पार्टी कार्यलय भवनमा भएको कार्यक्रममा महासंघ केन्द्रिय सदस्य एवं कोशी प्रदेश कमिटी अध्यक्ष जे.बि.थुलुङ राईको प्रमुख आतिथ्य तथा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवं प्रचार विभाग उपप्रमुख भिम ज्वाला राईको विशेष आतिथ्य रहेको थियो।
यसैगरी कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य मौसम राई, नेकपा (एमाले) सुनसरी जिल्ला सदस्य ऋषिराज राई, नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल केन्द्रिय सदस्यहरु बालिका पौडेल, ओम बिक्रम ओझा, सरस्वती रिमाल, महासंघ सुनसरी अध्यक्ष विद्या घिमिरे (कार्की), उपाध्यक्ष हिरा ओझा अर्जुन बिष्ट सहसचिव अविकेशर सिग्देललगायतको उपस्थीती रहेको थियो।