धरान, लागुऔषध बिक्रीमा संलग्न मेडिकल संचालक दम्पतीहरु पक्राउ परेका छन्।
धरान उप-महानगरपालिका-३ गौधारा र धरान-८ बाट मेडिकल संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।
सोमबार राती मेडिकल पसलमा लागुऔषध बिक्री बितरण भईरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-३ गौधारास्थीत मेडिकल पसल भित्र खानतलासी गर्दा काटुनमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध फेला पारेको हो।
जसमा नियन्त्रित औषधी ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल संचालक धरान-३ का ४१ बर्षीय सुरज वनेम र उनको श्रीमती ४२ बर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो।
यसैगरी धरान-८ का ३१ बर्षीय सन्तोष परियार र उनको श्रीमती २० बर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोवार गरीरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएका छन्।