धरान, लागुऔषध गाँजा र औषधी सहित सुनसरीको दुई स्थानबाट तीन  जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय अर्बिन कुमार यादव रहेका छन्।

उनको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको घरको कम्पाउण्ड खानतलाशी गर्दा गाँजा बरामद गरेको छ।

यादवको घरको कम्पाउन्ड भित्र खाल्डो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २ सय ९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको ३५ बर्षीया श्रीमती सोनि कुमारी यादवलाई  नियन्त्रणमा लिएको हो।

यसैगरी सोही दिन पक्राउ पर्नेमा धरान-१५ सुसन टोलका १८ वर्षीय उष्ण भुजेल रहेका छन्। अस्थायी प्रहरी चौकी धरान-१५ श्याम चौकबाट खटिएको प्रहरी टोलीले भुजेललाई घरको कोठा भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN-२ हजार ८० चक्की सहित नियन्त्रणमा लिएको हो।

लागुऔषध गाँजा र औषधी सहित पक्राउ पर्नेहरुका सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी गराएको छ।