इलाम, प्रेस चौतारी नेपाल इलाम शाखाको १०औं जिल्ला अधिवेशनबाट अध्यक्षमा मनोज अधिकारी सर्बसम्मत चयन भएका छन्।
आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा द्वय योगेन्द्र शंकर, सरिता राई, सचिबमा खेमराज ढकाल, सह-सचिवमा द्वय रोशन काफ्ले र एलिसा गुरुङ्ग र कोषाध्यक्षमा बिशाल साउदेन सर्बसम्मत चयन भएका छन्।
यस्तै सदस्यमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रविण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई, गोपाल निरौला चयन भएका छन्।
केन्द्रीय प्रतिनिधिहरु भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतित योङहाङ, ठाकुर श्रेष्ठ चयन भए। भने प्रदेश प्रतिनिधिहरु सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दिपक राई, बुद्धराज योङहाङ, सुशील लिम्बु चयन भएका छन्।