धरान, प्रेस चौतारी नेपाल सुनसरीको ८औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बिकास चाम्लिङ राई सर्बसम्मत चयन भएका छन्।
आज इटहरीमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा द्वय बिकल पौडेल, सीमा बस्नेत, सचिव सुदिप पोख्रेल, सह-सचिवद्वय लक्ष्मण कट्वाल, सुमित्रा राई(सन्जु), कोषाध्यक्ष रोशन दाहाल चयन भएका छन्।
यसैगरी सदस्यमा सचिन राई, जीवन बिष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, बिकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रुद्रराज शर्मा जमकट्टेल, रुपक पराजुली चयन भएका छन्।
यस्तै केन्द्रीय प्रतिनिधि शुभद्रा प्याकुरेल, शशि कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव, हिमाल दाहाल, प्रेम बास्तोला, केशव भट्टराई चयन भए। भने प्रदेश प्रतिनिधि रेवत निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, शिशिर भट्टराई, बाबुराम खड्का, रुमा रिजाल, यशोदा सेने चयन भए।
उनीहरुलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथ ग्रहण गराए।
उक्त अधिवेशनको उदघाटन शत्रमा प्रेस चौतारी सुनसरीका पदाधिकारी, पुर्व अध्यक्षहरु तथा नेपाल पत्रकार महासंघ सुनसरीमा निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ।
सम्मानित हुने पत्रकारहरुमा बिक्रम लुइटेल, सन्तोष काफ्ले, भोजराज श्रेष्ठ, बसन्त बान्तावा राई, सम्झना ठाकुर साथै प्रेस चौतारी सुनसरी सह-सचिव वसन्त बान्तावा, पुर्व अध्यक्षहरु कृष्ण बिनोद लम्साल, किशोरकुमार कार्की, गोपाल देवान, भीम ज्वाला राई, लिलाराज भट्टराई, देवेन्द्र कार्कीलगायत रहेका छन्।
प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष शुभद्रा प्याकुरेलको अध्यक्षता भएको अधिवेशनको उदघाटन प्रमुख अतिथि रहेका प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरे। भने विशेष अतिथि रहेका नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले शुभकामना व्यक्त गरे।