धरान, प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवस सुनसरीको धरानमा पनि मनाइएको छ।
प्रेस चौतारी नेपाल सुनसरी शाखाले मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरी आज आफ्नो स्थापना दिवश मनाएको हो।
धरान-१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासंघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो। प्रतियोगितामा चौतारीलाई ७-५ गोल अन्तरले पराजित गर्दै महासंघ बिजयी बनेको छ।
उक्त कार्यक्रममा केक समेत काटिएको थियो। कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उप-प्रमुख मन्जु भण्डारी (सुबेदी) र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेका छन्।
सबैसँग एकआपसमा भाईचारा कायम गर्न मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चाम्लिङले बताए।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह-सयोजक देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय बिजय राई र रमेश बस्नेत, एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह-सयोजक भिम ज्वाला राई, विभिन्न पत्रकार संगठनका नेतृत्व तथा प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो।