धरान, लागुऔषध सहित सुनसरी, झापा र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार अस्थायी प्रहरी चौकी सुनसरी स्थीत धरान-१३ अमरहाटबाट खटिएको प्रहरी टोलिले धरान उप-महानगरपालिका-४ बाट बा-०२-०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका-४ का २३ बर्षीय रोशन श्रेष्ठ र पछाडि सवार २४ बर्षीय निरज घिमिरेलाई १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो।
यसैगरी झापाको मेचिनगर नगरपालिका-६ बाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले मोरङको शनिश्वरे नगरपालिका-६ का ३० बर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ बर्षीया शान्ती आङ्देम्बे भुजेललाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
यस्तै बिराटनगर-१५ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलिले सुनसरी इटहरी उप-महानगरपालिका-९ का २५ बर्षीय निशान चौधरीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-४ का ३० बर्षीय सरोज कुमार सार्कीलाई एम्पुल १७ वटा, सिरिन्ज १ थान सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।