धरान, साविक विजेता न्युरोड टिम (एनआरटी) २५औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

धरान रंगशालामा विहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारतको युनाइटेड कर्साङ फुटबल क्लव (युकेएफसी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले फाइनलका लागि लिग च्याम्पियन चर्च ब्वाइजसँगको भेट पक्का गरेको हो। अब उपाधिका लागि माघ २६ गते  एनआरटीले चर्च ब्वाइजको सामना गर्नेछ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा खेलको २८ र्औ मिनेटमा एनआरटीका शिशिर लेखीले पहिलो गोल गरे। उनले विदेशी खेलाडी गिदोन नाहाको पासमा सुन्दर गोल गर्र्दै टिमलाई अग्रता दिलाए। लगतै खेलको ३१ र्औ मिनेटमा युकेएफसीका नबोदित नार्जिनरीको पासमा हेमराज भुजेलले गोल फर्काए।

उनले तीन मिनेट नवित्दै गोल फर्काउर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर, खेलको ४५ र्औ मिनेटमा एनआरटीको तर्फबाट प्रदिप बुढाथोकीको गोलले युकेएफसी एक गोलले पछि परेको थियो।

पहिलो हाफको निर्धारित खेलमा युकेएफसी एक गोलले पछि परेको थियो। खेलको ७६ र्औ मिनेटमा एनआरटीका प्रदिप बुढाथोकीले थप एक गोल गर्दै टिमका लागि सहजजित निकालेका थिए। उनले शिशिर लेखीको असिस्टमा गोल गर्दै ३–१ गोलको जित दर्ता गराए। खेलमा प्रदिपले व्याक्तिगत दुई गोल गरेका थिए।  

खेलको म्यान अफ दि म्याच पनि एनआरटीका शिशिर लेखी घोषित हुँर्दै नगद १० हजारसहित ट्रफी पाए। दर्शकको राम्रो साथ पाएको युकेएफसीले थप गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलमा आएर युकेएफसीको यात्रा टुङगीयो।  

खेलको १७ र्औ मिनेटमा युकेएफसीका नवोदितको क्रस पासमा हेमराज भुजेलले गोल गर्न चुके । यस्तै, ३३ र्औ मिनेटमा युकेएफसीका प्रशान्त राईको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छादारले मस्किलले बचाए । खेलको ५२ र्औ मिनेटमा हेमराज भुजेलले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा युकेएफसीको फाइनल पुग्ने चाहाना अधुरो रह्यो।

एनआरटीले क्याटरफाइनलमा केएफटिसी झापालाई ३–१ गोल अन्तरले हराउँर्दै सेमिफाइनलमा प्रबेश गरेको थियो। एनआरटी बुढासुब्बा गोल्डकपको दुई पटकको बिजेता हो।

एनआरटीले बुढासुब्बाको १० औ र गत बर्ष २४ औ सस्करणको उपाधी उचाली सकेको छ। यता पाहुना टोली भारतको युनाइटेड कर्साङले क्वाटरफाइनलमा आयोजक धरान फुटबल क्लवलाई सडनडेथमा ७–६ गोल अन्तर हराउँर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा दुई बिदेशी टिमसहित ८ वटा टिम सहभागि थिए। विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक धरान फुटबल क्लबले जनाएको छ।

Messenger_creation_1C74A03E-9456-4C60-AE31-DB6FC4F4EE75 2