धरान, सुनाखरी एकेडेमी धरान-१२ले आफ्नो ३६औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ।

एकेडेमीको निर्देशक प्रदिप राईको सभापतित्व, धरान-उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाको प्रमुख आतिथ्यमा आज भएको वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाईएको छ।

उक्त कार्यक्रममा एकेडेमीका प्लटुका होटल मेनेजमेन्टका विद्यार्थीहरुले खानाका स्टल, विज्ञानका  विद्यार्थीहरूले विज्ञान, प्रविधि प्रदर्शनी गरे भने प्ले ग्रुप देखि कक्षा १०मा अध्ययनरत विद्यार्थीहरूले गीत,संगीत, नृत्यलगायतको आफ्नो कला प्रस्तुत गरे।

Polish_20250207_232637922यसैगरी सोही अवसरमा जेष्ठ नागरिक सम्मानबाट शिक्षासेवी चन्द्रप्रसाद श्रेष्ठलाई सम्मानित गरिएको छ।

नृत्य,गीत संगीत कला, खेलकुदलगायतको अतिरिक्त क्रियाकलाप, पढाईलगायत हरेक क्षेत्रमा सुनाखरी एकेडेमी निक्कै अब्बल रहेको प्रिन्सिपल मिलन राईले बताए। प्रिन्सिपल राईको अनुसार सुनाखरीका विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल भएको बताउँदै हालसम्ममा १४औं व्याचको एसएलसीको नतिजा पनि राम्रो ल्याएको र अब १५ व्याचले पनि राम्रो नतिजा ल्याउने बताए।

यस्तै संचारकर्मी तिर्थ कार्कीले सुनाखरी एकेडेमीलाई विगतको डेढ दशक देखि यता नजिकबाट नियानेको र सुनाखरीेले विद्यार्थीहरुको चौतर्फी बिकासमा राम्रो भुमिका निर्वाह गरिरहेको बताए।

कार्यक्रमका विशेष अतिथीको रुपमा रहेका वैज्ञानिक महाबीर पुनले बीरगन्जमा कृषि औजार कारखाना चलाउनुपर्ने उदेश्य र आफ्नो पुस्तक बेच्ने अभियानबारे प्रष्टाए।

Polish_20250207_232904875यसैगरी कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सुनाखरी एकेडेमीका विद्यार्थीहरु हरेक कुरामा अब्बल र सक्रिय रहेकोमा प्रशंसा गरे।

उनले विद्यार्थीहरुमा विभित्र क्षमता, खुबी, रुचि हुने भएकाले विद्यार्थीहरूको ती क्षमता, रुचीलाई पत्ता लगाएर उनीहरूलाई अब्बल र सक्रिय बनाउन सुनाखरी एकेडेमी लागिरहेको बताउदै, त्यस्ता कुरालाई निरन्तरता दिई रहनुपर्ने बताए।Polish_20250207_232940671