धरान, भोजपुर सुनसरी सेवा समाजले आज रक्तदान कार्यक्रम तथा बनभोज कार्यक्रम आयोजना गरेको छ।
धरान-८ स्थीत लाङ्घाली सामुदायिक वनमा रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरि समाजले ४५ पिन्ट रगत संकलन गरेको छ।
समाजको अध्यक्ष रेवतीरमण राईको सभापतित्व संविधान सभा सदस्य किरण राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा भएको हो।
भने कोशी प्रदेश सभा सदस्य विजय राई, रमेशकुमार बस्नेत, धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्रबिक्रम वेघा, नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, जसपा धरान अध्यक्ष ताजुप लिम्बू, धरान-३ नंबर वडा अध्यक्ष विद्या शाक्य, नेकपा एमाले केन्द्रीय सदस्य मन्जु भण्डारी, एमाले नेता मुरारी सुबेदी, नेपाली कांग्रेस नेता नगेशचन्द्र राई, नेकपा एमाले नेता प्रकाश राई, कोशी प्रदेश सभा सावित्री जोशी, गायक गंगा बरदान, गायक सुरेश गन्दर्भ, गायिका अम्बिका दवाढीलगायतको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो।
भोजपुर पुर्खौली भई सुनसरीमा बसोबास गर्ने भोजपुरेहरुको भेटघाट गर्ने उदेश्यले बनभोज तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजको अध्यक्ष रेवतीरमण राईले बताए।