सुनसरी, १५ औ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटलब प्रतियोगिता फागुन ३ गतेदेखी हुने भएको छ।

राष्ट्रिय जागृति क्लव इटहरीको आयोजनामा हुने गोल्डकपमा आयोजक सहित ८ टिमको सहभागिता हुने क्लबका अध्यक्ष सन्त बहादुर डुम्जनले बताएका छन्।

उनका अनुसार प्रतियोगितामा साबिक बिजेता चर्ज ब्वाईज युनाइटेड, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाईटेड खर्साङ फुटबल क्लब युकेएफसी भारत, दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब मोरङको सहभागीता रहने छ।

बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने आयोजकले जानकारी गराए।