धरान, न्यूरोड टिम (एनआरटी)ले २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

धरान रगशालामा शनिबार सम्पन्न फाइनल खेलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो।

लगातार दोस्रो पटक उपाधि जितेको एनआरटीले ह्याट्रिक गरेको छ। एनआरटीले १० औ र २४ औ सस्करणको बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो। २५ औ सस्करणको ट्रफी   उचालेको एनआरटीले ह्याट्रिक पुरा गरेको छ।

चर्च ब्वाइज पहिलो पटक उपाधि नजिक पुगेको हो। उपाधिसँगै एनआरटीले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेतामा सिमित बनेको चर्च ब्वाइजले नगद ५ लाख प्राप्त गरेको छ।

खेलको २४ औ मिनेटमा चर्च ब्वाइजका अनन्त तामाङले गोल गर्दै टिमका लागि अग्रता बनाएका थिए। उनले एरिक बिष्टको फ्रिकिकमा सुन्दर गोल गरेका थिए।

तर, लगर्तै खेलको २७ औ मिनेटमा एनआरटीका बिदेशी खेलाडि हेन्ड्री पोकोले गोल फर्काएका थिए। एनआरटीका जय गुरुङको प्रहार माथील्लो बारमा ठोक्किएर फर्किएको बललाई हेन्ड्रीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।

सुरुमा गोल खाएर दबाबमा परेको एनआरटीले तिन मिनेट नबित्दै गोल फर्काएपछी पहिलो हाफ दुबै टिमले १–१ को बराबरी खेलेका थिए। खेलको ५८ औ मिनेटमा एनआरटीका हेन्ड्रीले थप एक गोल गरे। उनको गोल निर्णायक बनेसर्गै पहिलो पटक उपाधि जित्ने होडमा रहेको चर्च ब्वाइज स्तब्ध बन्यो।

खेलको प्लेयर अफ दि म्याच पनि हेन्ड्री नै घोषित हुँदै नगद १० हजार पाए। एनआरटीले पोखरामा जारी आहा रारा गोल्डकपको प्रिक्वाटर फाइनलमा चर्च ब्वाइजसँग सडनडेथमा हारेको बदला समेत लिएको छ।

विधागत पुरस्कारतर्फ एनआरटीका शिशिर लेखी खेलको सर्बोकृष्ट खेलाडी घोषित भए । उनले नगद एक लाख पाए। हाइ स्कोर चर्चब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंग घोषित भए। उनीहरुले समान ३ गोल गरेका थिए।

उनीहरुलाई नगद ३५ हजार पाए। यस्तै, बेष्ट गोलकिप्पर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्च ब्वाइजका समिर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए। उनीहरुलाई जनही नगद २५  हजार पाएका थिए।

माघ १९ गतेदेखी सुरु भएको गोल्डकपमा आयोजक धरान फुटबल क्लवसहित आठ टिमको सहभागिता रहेको थियो।