धरान, धरान फुटबल क्लबले संस्थापक सहित दुई धरानका पत्रकारलाई सम्मान गरेको छ।

२५औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको समापन समारोहमा शनिबार धरान फुटबल क्लबका संस्थापक अध्यक्ष तथा बुढासुब्बा गोल्डकपको सुरुकर्ता किशोर राईलाई नगद ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ।

FB_IMG_1739022209000 2यस्तै पत्रकारिता क्षेत्रबाट योगदान पुर्‍याए बापत अग्रज पत्रकार हर्ष सुब्बालाई नगद ११ हजार र क्रियाशील पत्रकार गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत निशा राईलाई नगद १० हजारसहित सम्मान गरेको छ। 

Polish_20250209_102219020धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको सभापतित्वमा भएको समारोहका प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा उनीहरूलाई सम्मान गरिएको हो।